बीमित व्यक्ति बाह्य, गम्भिर दुर्घटना र देखिने दुर्घटनाबाट प्रत्यक्ष रुपमा शारीरिक घाइते भई बीमित मृत्यु वा असक्त (असक्षम) भएमा दुर्घटना भएको बाह्र महिना भित्रमा यस बीमा कम्पनीले बीमित स्वयं वा बीमितको हकदारलाई क्षतिपूर्ति उपलब्ध गराउँदछ ।
यो बीमाले ५ देखि ६० वर्षसम्मका बालबालिका, पुरुष, महिला तथा विभिन्न पेशाकाहरूलाई समेट्दछ । यो व्यक्तिगत तथा सामूहिक दुवै रूपमा गर्न सकिन्छ ।
- दुर्घटना पर्दा भएको घाइतेको प्रमाणको विवरण मेडिकल प्रमाण-पत्र
- मेडिकल परीक्षकको प्रतिवेदन
- डाक्टर, अस्पताल वा नर्सिङ होममा गराएको उपचारको पूर्ण विवरण
- आफूले सेवा गरेको स्थानको आफू उपचाररत समयमा बिदामा बसेको प्रमाणपत्र
- आवश्यकता अनुसारको अन्य कागजातहरू
- दुर्घटना विवरण, मुचुल्का
- मृत्यु दर्ता प्रमाण-पत्र
- पोष्ट मार्टम रिपोर्ट
- औषधि खरिद बिलहरू
- प्रहरी प्रतिवेदन
- नाता प्रमाणित कागजा

|