home SiteMap Send Your Feedback FAQ Some Useful Tips
 
स्तरीय सेवाको तीन दशक
जब हामी निर्जीवन बीमा गर्दछौ, त्यसलाई हामी जीवन बीमा सरह सम्झन्छौ जुन व्यक्तिको स्वामित्व, गौरव, चासो, भावना...... आदिसँग सम्बन्धित च जसको माध्यमबाट हामी, हाम्रा ग्राहकसँग सम्बन्ध स्थापना गर्न सक्छौ। यस्तो सम्बन्धले हाम्रो बीमालाई जीवन्त मात्र राख्दैन, हामीलाई अघि बढ्न उत्प्रेरणा समेत प्रदान गर्दछ र हामी विश्वास गर्दछौं हामीले अझ कोसौको यात्रा गर्नु छ।

नएशनल इन्स्योरेन्स कम्पनी लिमिटेड, भारतकै तीब्रतर गतिमा विकास भइरहेको निर्जीवन बीमा (Public Sector Unit) कम्पनी हो। यसले तीन दशकदेखि विभिन्न कार्यालय तथा विविध उत्पादनहरूलाई सगर्व आफ्नो स्तरीय सेवा नेपालमा उपलब्ध गराउँदै आएको छ ।

यस कम्पनीको नेपालस्थित मुख्य कार्यालय काठमान्डौ र शाखा कार्यालयहरू वीरगञ्ज, विराटनगर तथा नेपालगञ्ज जस्ता शहरहरूमा रहेको छ । यस बीमा कम्पनीको उद्देश्य जोखिमलाई समेट्ने मात्र होइन, राष्ट्रको चाहनाअनुसार देशका उद्योग तथा आयोजनाहरूलाई सल्लाह सुझाव जस्ता सहयोग उपलब्ध गराई जोखिमलाई कम गर्ने पनि हो ।

हामी हाम्रा बीमकहरूलाई सेवा होइन, उत्कृष्ट तथा स्तरीय सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा सधै चिन्तनशील तथा प्रयासरत छौं । यति मात्र होइन हामीले यहाँका स्थानीय बीमा कम्पनीहरूबाट पुन: बीमा पनि स्वीकार्दै आएका छौं । यो हाम्रो उत्कृष्टता र स्तरीयताको प्रमाण हो ।

हामी विश्वास गर्दछौ, बीमक र बीमित बीचको सम्बन्ध भनेको दृढ विश्वास हो । हाम्रो उद्देश्य भनेको हाम्रो ग्राहकलाई उनीहरूको आशा गरे अनुसारको सेवा उपलब्ध गराई बीमा उद्योगको स्तरीयतालाई कायम गर्नु हो । हाम्रा यी यावत् कार्यबाट स्पष्ट हुन्छ, सेवाग्राही भावना भएका पेशेवरहरूद्वारा सञ्चालित यस कम्पनी स्तरीयता र सेवाको बेजोड संगम हो ।
गृह लक्ष्मी सुरक्षा बीमा
अग्नि बीमा
सामुन्द्रिक बीमा
व्यक्तिगत दुर्घटना बीमा
परिवार स्वास्थ्य हस्पिटलाइजेशन सुरक्षा बीमा
सेंघ मार्ने (बर्गलरि) बीमा
ब्याङ्कर्स ब्ल्याङ्केट इन्डेम्निटी बीमा
नगद बीमा
बीमितको लागि जानकारी
दाबी प्रक्रिया
मोटर बीमा
ठेकेदार सम्पूर्ण जोखिम र इन्जिनीयरिङ बीमा
कार्यालय सम्पर्क
 
Personal Line Insurance
Personal Line Insurance is meant to cover risks of person and property of individuals or group of individuals or liability developing upon them...
Automobile Insurance
Private Car, Two Wheeler, Commercial Vehicle, Ambulance, Construction Equipment vehicle, Agriculture & Forest Vehicle
Industrial Insurance
Industrial Insurance is another branch of non-life insurance which covers various risks faced by the industry and serves to sustain the growth of the industrial activity.
 
Design by: